बाराको आदर्शकोतवालको मत गणना अन्योल

खरीबोट
ad

बारा । बुधबार बेलुकी ५ बजे देखी स्थगित गरिएको बाराको आदर्शकोतवाल गाउँपालीकाको पनि मतगणना सुचारु गर्नका लागी बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुँङ्गिएको छ । 

जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले विहिवार दलहरुलाई मिलाएर पुन : गणना सुचारु गराउँन खोजेपनि दलहरुको द्धन्दले समस्या नसुल्झिएको हो । 

आदर्शकोतवालमा मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको गणना र दलका प्रतिनिधिको गणना नमिले पछि बिवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेले पुन सुरु देखी नैं मत गणना गर्नु पर्ने माग गरिरहको छ, भने अन्य दलहरुले सोही बाँकी वडाहरुबाट सुचारु गर्नू पर्ने आवाज उठाईरहेको छ । दलहरु बिच कुरा नमिले पछि बैठक निष्कर्ष बिहिन बनेको हो ।

जिल्लाबाट समस्या समाधार हुन नसकेपछि निर्वाचन अधिकृत मोहन सुबेदीले निर्वाचन आयोगमा समस्या बारे जानकारी गराउने र आयोगकै निर्देशन अनुसार पुन: गणना हुने वा सुचारु हुने भन्न सकिने बताए ।

८ वटा वडा मध्ये ४ वडाको टुँगोलागेपछि स्थगित भएको गणना बाँकी हुँदा गणना रोकिएको हो ।

सम्बन्धित समाचार

बारामा जंगली हात्तीको आक्रमण, एक जना वृद्धको ज्यान लियो

बारा । बारामा जंगली हात्तीले आक्रमण गर्दा एक जना वृद्धको ज्यान लिएको छ । मृत्यु हुँनेमा निजगढ नगरपालिका वडा नं.११ रतनपुरीका ६५ वर्षिय ईन्द्र बहादुर थिङ्ग रहेका छन् ।  गर्मीका कारण

खेलकुद पत्रकार मञ्च बाराको प्रथम अधिवेशन सम्पन्न, १३ सदस्यीय कार्यसमिति चयन

बारा । नेपाल खेलकुद पत्रकार मञ्च बाराको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सिमरामा सम्पन्न अधिवेशनले आगामी तिन वर्षे कार्यकालका लागि सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्व सम्मत

बारामा स्कार्पियो पल्टिँदा एकको मृत्यु

बारा । स्कार्पियो जिप पल्टिँदा बारामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला सबैठा वडा नं.१३ बस्ने ६८ वर्षिय नारायण श्रेष्ठ रहेका छन् । पूर्वबाट पश्चिमतर्फ द्रुत गतिमा

भांग्रे खोला सरसफाई र नियन्त्रण अभियान सुरु

बारा । मानववस्तीको बीच भागमा रहेको भांग्रे खोला नियन्त्रणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सरसफाई र नियन्त्रण अभियान सुरु गरेको छ ।  उपमहानगरभित्रको खोला नियन्त्रण र तटबन्ध निर्माणका लागि विनियोजित बजेट मध्येबाट भांग्रे