• २०८१ बैशाख १३ बिहीबार

सप्तरीमा नवनिर्वाचित वडा सदस्यको मृत्यु

kharibot

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहिबार  मृत्यु भएको छ । 

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन्  । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उहाँ एक छोरा र दुई छोरी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै