• २०८१ बैशाख ७ शुक्रबार

रेखा र आर्यनको रुद्रप्रियाको गीत सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ, रेखा थापा र आर्यन सिग्देलको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो । 

आगामी कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने फिल्म रुद्रप्रियाको यस गीतमा रेखा थापा, आर्यन सिग्देल र राजन इसानले अभिनय  गरेका छन् । गीतमा राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ भने गायिका मेलिना राईको समेत स्वर रहेको छ ।

लगभग सात वर्षपछि सँगै भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन् । फिल्मको निर्माण सरस्वती थापा र रमेश एमके पौडेलले गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै