धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले आफ्नो अग्रतालाई कायम राखेको छ ।
राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा तीन गुना बढी मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो विवरण अनुसार राजपाका साहले ५६१७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १८५६ मत ल्याएका छन् । त्यस्तै एमालेका लक्ष्मीनारायण भगतले ८५४ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले ३७३१ मत ल्याएकी छन् भने कांग्रेसकी निलम कर्णले १७१२ मत ल्याएकी छन् । एमालेकी पुनम चौधरीले ५९३ मत ल्याएकी छन् ।