पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

खरीबोट

रुपन्देही, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको दोभानमाका दिउसो ४ः०० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

बुटवलबाट सात किलोमिटर दूरीमा रहेको दोभान क्षेत्रमा अहिले सवारी साधन पहिरोले रोकिएका छन् पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दोभान प्रहरी चौकीभन्दा २०० मिटर पूर्वतर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको जनाएको छ । 

सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी र बाग्लुगतर्फ जाने तथा आउने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । यातायातका साधनको लामो लाइन लागेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए । 

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पहिरो हटाउन एउटा डोजर पठाएको जनाएको छ । पहिरो ठूलो गएकाले केही घण्टा लाग्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : पाल्पा-२ मा पूर्वसांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्वसांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा एमालेका सोमप्रसाद पाण्डेयबीच

व्यावसायिक तरकारीखेती गरेसँगै पाल्पाका किसानको आम्दानी बढ्यो

पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात

अर्घाखाँची बस दुर्घटना : आठ जनालाई हेलिकप्टरबाट काठमाडौँमा लगियो, ३७ जनाको बुटवलमा उपचार

अर्घाखाँची । मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ  पठाइएको छ ।  काठमाडौँ पठाइएकामा सन्धिखर्क –११ का गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका–२

नेपाली काँग्रेस, पाल्पाबाट उम्मेदवार सिफारिस, को को परे ?

पाल्पा ।  नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।  नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय