• २०८१ बैशाख ११ मंगलबार

शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता गर्न माग

kharibot

काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधनको सत्ताधारी दल काँग्रेसकै भातृ संगठनका विद्यार्थीले विरोध गरेका छन् । परीक्षामा फेल भए पनि आर्थिक सुविधा र  आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने प्रस्तावसहित ऐन संशोधनको  भएपछि शिक्षक बन्ने सपनाका साथ शिक्षाशास्त्र पढिरहेका विद्यार्थीको सपना तुहिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अन्दोलनको नेतृत्व मन्त्री गोपालमान श्रेष्ठकै दल काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले गरेको छ । समितिका अध्यक्ष श्यामचन्द्र अधिकारीले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएर शिक्षा शास्त्र पढिरहेका विद्यार्थीलाई बेरोजगार बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै शिक्षा ऐनको नवौं संशोधनको विरुद्धमा उत्रिनु परेको बताए ।

‘नवौं संशोधनले वर्षौंदेखि अस्थायी भएर अध्यापन गरिरहेका शिक्षकलाई लाभ भए पनि मिहिनेत र परिश्रम गरी शिक्षक बन्ने धोको बोकेका हजारौं विद्यार्थी माथि अन्याय हुने भएको छ,’ अधिकारीले भने, ‘ आठौं संशोधनमा व्यवस्था भए अनुसार गोल्डेन ह्याण्डसेक लिएर शिक्षण गर्न नचाहेकालाई समेत शिक्षक बनाउने विधेयक विरुद्ध हामी आन्दोलित भएका हौं ।’

आन्दोलनरत विद्यार्थी संघकाअध्यक्ष श्यामचन्द्र अधिकारीले  शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । एक बर्ष अघि भएको ऐनको संशोधनमा सुविधा र परीक्षा मध्ये १ रोज्न पाउने प्रावधान अनुसार आआफ्नो चाहना अनुसार शिक्षकहरुले रोजी सकेका थिए । परीक्षा रोजेका १५ हजार शिक्षकहरुलाई लक्षित गरी शिक्षक सेवा आयोगले तयारी गरेको परीक्षा पनि पटक पटक सर्दै अन्ततः अनिश्चित भएको छ ।

संशोधनमा अस्थायी शिक्षकले परीक्षा र सुविधा दुवै रोज्न पाउने अवसर दिईएको छ । गत बर्ष असार १५ गते जारी ऐनमा अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्नुपर्ने ब्यवस्था थियो । संशोधनमा परीक्षामा ४० नम्बर ल्याउन नसकेर फेल हुनेले पनि सुविधा पाउने प्रस्ताव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै