• २०८१ बैशाख १४ शुक्रबार

अनलाइन काम गरेर पैसा कमाउन चाहनुहुन्छ ? यसरी कमाउनुहोस् !

kharibot

तस्बिर : pixabay.com

काठमाडौं । संसारलाई एउटा घरजस्तो बनाइदिएको छ इन्टरनेटले । आजको यो सूचना र प्रविधिको युगमा इन्टरनेट र कम्प्यूटरले ठूलै क्रान्ति गरिदिएको छ । यतिसम्म कि मानिसहरु कुनै अफिससम्मै नगई घरै बसेर समेत आफ्ना प्रतिभा उपयोग गरेर पैसा आर्जन गर्न सक्ने परिस्थितिको विकास हुँदै गइरहेको छ । त्यसैमध्येका यी केही अनलाइन कामहरु छन् जुनबाट तपाईं एक लाखसम्म कमाउन सक्नुहुन्छ । 

  • १. प्रश्नको उत्तर दिने र अडियोलाई अक्षरमा रुपान्तर गर्ने काम 

अनलाइन पैसा कमाउनका लागि यो पनि सहज काम हो । प्रश्नहरुको उत्तर दिने र अडियो फाइल्सलाई टेक्स्ट अर्थात् अक्षरमा उतार्ने काम हो यो । यो काम केवल तिनीहरुको लागि उपयुक्त हुन्छ जोसँग सूचनाको भण्डार नै छ । त्यस्तै विभिन्न किसिमका जानकारी र विशेषज्ञता राख्नेहरुका लागि त यो काम एकदमै महत्वपूर्ण हुन्छ । तलका वेबसाइटहरुबाट कतिपय विज्ञ÷वेत्ताहरु हरेक हप्ता झण्डै ५० हजारको हाराहारीमा कमाउने गर्छन् । 

आफ्नो विशेषज्ञताद्वारा तपाईं यदि कसैलाई कुनै काममा सहयोग गर्नसक्नुहुन्छ भने तपाईंले त्यसो गरेर पैसा पनि कमाउन सक्नुहुन्छ । विश्वभर नै वर्क आवर (काम गर्ने समय) बढ्ने र कतिपयले काम नै नपाउने हुँदा यी दुईबीच सन्तुलन मिलाउन सकिन्छ । सोहीका लागि ती व्यक्तिहरुलाई सहयोग गर्ने काम तपाईं पाउन सक्नुहुन्छ । जस्तै कसैको मेल चेक गरिदिने, अनलाइन शपिंग गरिदिने र क्लाइन्टहरुलाई फोन गरिदिने जस्ता कामहरु यसअन्तर्गत पर्दछन् । यदि साँच्चै तपाईं यी कामहरु गर्न चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ । 

कतिपय यस्ता अनलाइन गेमहरु छन्, जुन खेलेबापत तपाईं पैसा कमाउन सक्नुहुन्छ । यसरी कमाएको पैसा तपार्इं आफ्नो एकाउन्टमा ट्रान्सफर गरेर नोटमै बदल्न सक्नुहुन्छ । उदाहरणको लागि यदि तपाईं अनलाइन फन्टासी गेम वल्र्ड अफ वारक्राफ्ट खेलेर ३०,००० गोल्ड युनिट्स कमाउन सक्नुहुन्छ भने यसलाई एक्स्चेन्ज गरेर २० अमेरिकी डलर अर्थात् झण्डै २००० नेपाली रुपैयाँ कमाउन सक्नुहुन्छ । 

  • वेबसाइट्स :  http://us.battle.net/wow/en/
  • ४. आफूले खिचेका फोटो बेच्नुहोस्, पैसा लिनुहोस् 

तपाईं यदि उत्कृष्ट फोटोग्राफर हुनुहुन्छ र दिलचस्पी फोटो खिच्न माहिर हुनुहुन्छ भने आफूले खिचेका फोटोहरु अनलाइनमा बेच्न पनि सक्नुहुन्छ । कलाकार र फोटोग्राफरले स्केच र फोटो बेचेर पैसा कमाउन सकिन्छ । तलका वेब हेर्नुहोस् र यससम्बन्धी थप बुझ्नुहोस् 

यदि तपाईं ईकमर्स कम्पनीको लागि मार्केटिंग वा प्रडक्ट बेच्ने काम गर्नुहुन्छ भने यसबाट तपाईं पैसा कमाउन पनि सक्नुहुन्छ । अमेजन र फ्लिपकार्ट जस्ता ईकमर्स कम्पनीहरुले २ देखि १२ प्रतिशतसम्म तपाईंलाई कमिसन दिन्छन् । तपाईं जुन कम्पनीको लागि काम गर्न इच्छुक हुनुहुन्छ, तलका सम्बन्धित कम्पनीको वेब क्लिक गरेर थप जानकारी लिनसक्नुहुन्छ । उल्लिखित कम्पनीको वेबमा लगइन गरेर कुनै प्रडक्टको लागि युनिक लिंक बनाउनुपर्छ त्यसपछि तपाईंले आफ्ना साथीहरुमा त्यसलाई पठाउनसक्नुहुन्छ वा आफ्नो ब्लग, फोरम वा वेबमा राख्नसक्नुहुन्छ । जब त्यो लिंकको माध्यमबाट किनबेच हुन्छ, त्यसबाट तोकिएको कमिसन तपाईंको एकाउन्टमा जम्मा हुनजान्छ । 

तपाईं इन्टरनेटबाटै पढाएर पनि पैसा कमाउन सक्नुहुन्छ । कतिपय विषयमा तपाईं खास विज्ञता हासिल गरेको हुनुहुन्छ भने अनलाइनमा त्यसबारे ट्युसन पढाएर पनि कमाउन सक्नुहुन्छ । हरेक दिन आठ घण्टा पढाएर एक लाखसम्म यसबाट कमाइ हुनसक्छ । तलका दुई भारतीय वेबसाइट्स उदाहरणका लागि दिइएको छ 

  • वेबसाइट्स :   https://www.vedantu.com/become-a-teacher र http://www.tutorvista.com/teaching-jobs

     

  • एजेन्सीबाट 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै