काठमाडौँ । प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्य अहिलेसम्म २१ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
सार्वजनीक भएको अन्तिम परिणाममा कांग्रेस ८ स्थानीय तहमा विजयी भएको छ भने एमाले ४ स्थानीय तह विजयी भएको छ । माओवादी केन्द्र ३ स्थानीय तहमा विजयी भएको छ भने लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम र राजपाले २, २ स्थानीय तह जितेका छन् ।
अहिलेसम्म विजयी भएका स्थानीय तह :
कांग्रेस :
१. औरही गाँउपालिका, धनुषा
२. नवराजपुर गाउँपालिका, सिरहा
३. जनक नन्दनी गाउँपालिका, धनुषा
४. विष्णुपुर गाँउपालिका, सप्तरी
५. नकौल गाउँपालिका, सर्लाही
६. परोहा नगरपालिका, रौतहट
७. बेल्ही चपेना गाउँपालिका, सप्तरी
८. करैयामाई गाँउपालिका, बारा
एमाले :
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वोर गाँउपालिका, धनुषा
३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा
४. मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
माओवादी केन्द्र
१. कर्जन्हा नगरपालिका, सिराहा
२. अर्नामा गाँउपालिका, सिराहा
३. ठोरी गाँउपालिका, पर्सा
संघीय समाजवादी फोरम
१. विष्णुपुर गाउँपालिका, सिराहा
२. भगवानपुर गाउँपालिका, सिराहा
राजपा
१. हंसपुर नगरपालिका, धनुषा
२. कौडेना गाउँपालिका, सर्लाही
नेपाल लोकतान्त्रिक फोरम
१. ईशानाथ नगरपालिका, रौतहट
२. विष्णु गाउँपालिका, सर्लाही