• २०८१ बैशाख १२ बुधबार

मेसीले नेइमारलाई नयाँ जीवनको शुभकामना भन्दै लेखे विदाई सन्देश

kharibot

लियोनेल मेसी र नेइमार

काठमाडौँ, बार्सिलोनाला अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्न लागेका आफ्ना ब्राजिलियन साथी नेईमारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् । मेसीले नेइमारसँगको आफ्ना तस्विरको एक भिडियो जारी गर्दै नेइमारलाई फ्रान्सको पिएसजी जना लागेका नेइमारलाई आफुले सधै माया गर्ने उल्लेख गरेका छन् । 

मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन्-‘ पछिल्ला बर्षहरुमा तिमीसँग विताएका समय अत्यन्त खुशीका थिए, म् तिमीलाई जीवनको नयाँ अवसरको लागि शुभकामना दिन्छु ।’  
बार्सिलोनामा अत्यन्त मिल्ने खेलाडीका रुपमा मेसी र नेइमारलाई लिने गरिन्थ्यो । ब्राजिल र अर्जेन्टिना फुटबलमा एक अर्काका चीर प्रतिद्वन्दी भएपनि मेसी र नेइमारको सम्बन्ध विशेष रहेको थियो ।

नेइमारले केहि दिनमै २२२ मिलियन युरोको रेकर्ड सम्झौतामा पिएसजीसँग सम्झौता गर्ने भएका छन् । सन् २०१३ मा ब्राजिलको सन्तोष क्लबबाट बार्सिलोना आएका नेइमार अब पिएसजीमा जाँदा विश्वका सबैभन्दा महंगा खेलाडी हुने भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै