मेसीले नेइमारलाई नयाँ जीवनको शुभकामना भन्दै लेखे विदाई सन्देश

खरीबोट

लियोनेल मेसी र नेइमार

काठमाडौँ, बार्सिलोनाला अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्न लागेका आफ्ना ब्राजिलियन साथी नेईमारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् । मेसीले नेइमारसँगको आफ्ना तस्विरको एक भिडियो जारी गर्दै नेइमारलाई फ्रान्सको पिएसजी जना लागेका नेइमारलाई आफुले सधै माया गर्ने उल्लेख गरेका छन् । 

मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन्-‘ पछिल्ला बर्षहरुमा तिमीसँग विताएका समय अत्यन्त खुशीका थिए, म् तिमीलाई जीवनको नयाँ अवसरको लागि शुभकामना दिन्छु ।’  
बार्सिलोनामा अत्यन्त मिल्ने खेलाडीका रुपमा मेसी र नेइमारलाई लिने गरिन्थ्यो । ब्राजिल र अर्जेन्टिना फुटबलमा एक अर्काका चीर प्रतिद्वन्दी भएपनि मेसी र नेइमारको सम्बन्ध विशेष रहेको थियो ।

नेइमारले केहि दिनमै २२२ मिलियन युरोको रेकर्ड सम्झौतामा पिएसजीसँग सम्झौता गर्ने भएका छन् । सन् २०१३ मा ब्राजिलको सन्तोष क्लबबाट बार्सिलोना आएका नेइमार अब पिएसजीमा जाँदा विश्वका सबैभन्दा महंगा खेलाडी हुने भएका छन् ।  
 

सम्बन्धित समाचार

मेसीलाई बेन्चमा किन राखियो ? यस्तो छ कारण 

काठमाडौँ । बार्सिलोनाका लियोनेल मेसीलाई बेन्चमा राखेर युभेन्टसबिरुद्ध खेल्ने निर्णयको आलोचना भैरहेका बेला यसको निर्णय केहि दिन अघि नै भएको खुलासा भएको छ । गएराती बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको

पिएसजीको सेल्टिकमाथि गोल बर्षा, नेइमार र कभानीले गरे २-२ गोल

काठमाडौँ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्कटिस क्लब सेल्टिकलाई ७-१ को ठुलो गोल अन्तरले पराजित गरेको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा सेल्टिकलाई पिएसजीले

च्याम्पियन्स लिगमा मेसीलाई पछि पार्दै रोनाल्डोको नयाँ रेकर्ड  

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेसीबीच धेरै प्रकारले तुलना हुने गर्दछ । विगत एक दशकमा रोनाल्डो र मेसी मध्ये को उत्कृष्ट भन्ने विवाद संसार भर देख्न पाइन्छ ।

मेसी बार्सिलोनामै रिटायर्ड हुनुपर्छ – जाभी 

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड प्लेमेकर जाभीले लियोनेल मेसीले बार्सिलोनाबाटै सन्यास लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।  बार्सिलोनाबाट रेकर्ड ७६७ खेल खेलेका जाभीले बार्सिलोनालाई मेसीको जरुरत भएकाले मेसी बार्सिलोनामै बस्नुपर्ने बताएका छन् ।  मेसीले