• २०८१ बैशाख ४ मंगलबार

वीरगन्ज महानगरमा कांग्रेस फेरी अगाडी, अहिलेसम्म ११ हजार ७ सय मत गनियो 

kharibot

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म ११ हजार ७ सय २१ मत गणना भएको छ । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार फेरी कांग्रेस अगाडी आएको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

आज बिहानको पछिल्लो परिणाम अनुसार कांग्रेसका अजयकुमार द्विवेदीले २६०४ मत ल्याएर फेरी अगाडी आएका छन् ।  राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले २५५८ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयी सरागवीले १७८५ मत ल्याएका छन् । त्यस्तै माओवादीका उम्मेदवार रह्बर अन्सारीले १४२७, एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले १२४९ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ७८८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले २९८० मत ल्याएर अगाडी रहेकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले २३४८ मत ल्याएकी छन् । 

त्यस्तै संघीय समाजवादी फोरमकी पिंकी यादवले १७१४ मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले १४६३ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले १०१२ र फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ६३८ मत ल्याएकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै