वीरगन्ज महानगरमा कांग्रेस फेरी अगाडी, अहिलेसम्म ११ हजार ७ सय मत गनियो 

खरीबोट

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म ११ हजार ७ सय २१ मत गणना भएको छ । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार फेरी कांग्रेस अगाडी आएको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

आज बिहानको पछिल्लो परिणाम अनुसार कांग्रेसका अजयकुमार द्विवेदीले २६०४ मत ल्याएर फेरी अगाडी आएका छन् ।  राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले २५५८ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयी सरागवीले १७८५ मत ल्याएका छन् । त्यस्तै माओवादीका उम्मेदवार रह्बर अन्सारीले १४२७, एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले १२४९ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ७८८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले २९८० मत ल्याएर अगाडी रहेकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले २३४८ मत ल्याएकी छन् । 

त्यस्तै संघीय समाजवादी फोरमकी पिंकी यादवले १७१४ मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले १४६३ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले १०१२ र फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ६३८ मत ल्याएकी छन् । 
 

सम्बन्धित समाचार

वीरगन्ज महानगरमा फोरमका सरावगीले जित्ने सम्भावना बढ्यो, कांग्रेस १७ सय मतले पछाडी    

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण अनुसार संघीय समाजवादी फोरमका विजय सरावगीले जित्ने सम्भावना बढेको छ । हालसम्म ७८४२१ मत गणना हुँदा फोरमका सरवगीले कांग्रेसका अजय द्विवेदीलाई १७४० मतले

वीरगन्ज महानगरमा कांग्रेसको अग्रता कायमै, अहिलेसम्म १६ हजार मत गनियो 

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म १६ हजार ३ सय १४ मत गणना भएको छ । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस अगाडी रहेको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच

वीरगन्ज महानगरमा मत गणना स्थगित, गणना भएको सबै विवरण सार्वजनिक गर्न दलहरुको माग 

वीरगन्ज । प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा दलहरुको विवादका कारण मत गणना स्थगित भएको छ । अहिलेसम्म १८ हजार मत गणना भएकोमा निर्वाचन आयोगले केबल ११ हजार

वीरगञ्ज महानगरको तीनसय मत गणना गर्दा राजपा अगाडी 

वीरगञ्ज । प्रदेश नम्बर दुईको एउटा मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मत गणना जारी रहेको छ । ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२ र ३२ को मतगणना भइरहेको छ ।