• २०८१ बैशाख ८ शनिबार

स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु

kharibot

झापा, स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन् । उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइनफ्लु रोग फैलने त्रास बढेको छ । 

श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए । 

सात दिनसम्म अस्पतालमा राखेर उपचार गरेपनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पु¥याइएको थियो । अस्पताल पु¥याएलगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लु भएको आशंका गरेका थिए । उक्त अस्पतालका डा एमएस कनवर तथा डा अन्सारीसहितको १८ जनाको टोलीले अनिताको उपचार गरेपनि अस्पताल पु¥याएको ७२ घण्टा बित्न नपाउँदै मृत्यु भएको श्रीमान् राजुले बताए । 

अनिताको यही साउन १ गते अस्पतालमा निधन भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लुका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लु रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् । 

स्वाइन फ्लुका लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातार जसो हाछ्युँ आउँछ । शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए । 

स्वाइनफ्लु रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै