• २०८१ बैशाख ६ बिहीबार

वीरगन्ज महानगरपालिकामा फेरी कांग्रेस अगाडी 

kharibot

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार राजपालाई उछिन्दै कांग्रेस फेरी अगाडी आएको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

आज बिहानको पछिल्लो परिणाम अनुसार कांग्रेसका अजयकुमार द्विवेदीले २३१२ मत ल्याएर फेरी अग्रता कायम गरेका छन् ।  यस अघि अगाडी रहेका राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयी सरागवीले १५२९ मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ७३९ मत ल्याएका छन् बने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ५१६ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने राजपाकी उम्मेदवार रम्भा मिश्राले २०१२ मत ल्याएर अगाडी नै रहेकी छन् । कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १९७४ मत ल्याएर पछ्याइरहेकी छन् ।

त्यस्तै संघीय समाजवादी फोरमकी पिंकी यादवले ८८० मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले ७७४ मत ल्याएकी छन् । फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४३१ मत ल्याएकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै