• २०८१ बैशाख ७ शुक्रबार

मेलामा कुस्ति र लठबाजीको रौनक

kharibot

तस्विर : खरीबोट

बारा, साउन महिनाको नवमी तिथीमा मनाइँने सावनी पुजाको अवसरमा भगवान श्री हनुमानको बिभिन्न पुजाको सामग्रीहरुका साथ हिन्दु धर्मावलम्बीहरुले पुजा गर्ने गरेका छन् । श्रद्धालु भक्तजनहरुले सावनी पुजाको अवसरमा आ–आफ्नो घर–आँङ्गनमा रोटी र सख्खरबाट बनाईएको लड्डु भगवान हनुमानलाई चढाएर पुजा गर्ने गर्दछन् ।

हनुमानको पुजा पश्चात बिषेश गरि तराई क्षेत्रका धर्मावलम्बीहरुले आ–आफ्नो घरको आंङ्गनमा बाँसको टुप्पोमा धाजा ( सेतो रंङ्गको हनुमानजीको चित्र अंड्ढित रातो रंङ्गको झण्डा ) लगाउँने प्रचलन सदिऔं देखि नैं चल्दै आईरहेको हो ।

सोहि अवसरमा हरेक बर्ष झैं विविध कार्यक्रमको आयोजना गरि धुमधामका साथ बाराको जीतपुर स्थित गुदरी बजारको परिसरमा मंगलवार माहाविरी झण्डा मेला सम्पन्न भएको छ ।
माहाविरी झण्डा मेला समिति जीतपुरको आयोजनामा सम्पन्न सो कार्यक्रममा दर्शकहरुको मनोरंजका लागि अलौं सिरिसियाको नाच प्रोगाम सोमवार बेलुकीबाट बिहिवार सम्म नाचको प्रदर्शन भएको थियो ।

त्यसैगरी मेलामा आयोजना गरिएको कुस्ति प्रतियोगितामा बारा र पर्सा लगायत सो जिल्ला आस–पासको बिभिन्न स्थानका पहल्वानहरुले आ–आफ्नो कुस्ति प्रदर्शन गरेका थिए । भने बिभिन्न स्थानका लठबाजहरुले लठबाजी गर्दै जीतपुर परिक्रमा गरि पुन ः मेला स्थलमा आएर आ–आफ्नों लठ्बाजीको कला प्रदर्शन समेत गरेका थिए ।

माहाबिरी झण्डा मेला समितिका अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कुस्ती प्रतियोगितामा बारा , पर्सा लगायतको बिभिन्न स्थानका १४ जोडी पहल्वानहरुले कुस्ती प्रतियोगितामा भाग लिएका थिए ।

बिभिन्न स्थानबाट आएका पहल्वानहरु रोशन गुप्ता , त्रिलोक साह , मुन्ना साह , महेश यादव , अवधेश यादव , आशमान यादव , जादोलाल यादव , मैनुदिन अंसारी , फजिल मियाँ , आशमान कोइरी , बिक्रम पासवान , बिल्टु यादव , राजेश पासवान , मुकेश ठाकुर लगायतकाले आ–आफ्ना प्रतिद्धन्दी पहल्वानहरुलाई पराजित गर्दै कुस्ति प्रतियोगितामा बिजयी भएका छन् ।

बिजयी भएका पहल्वानहरुलाई मेलका प्रमुख अतिथि नारायणी अंचल प्रहरी कार्यालय बिरगंजका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य कुमार उपाध्यायले हनुमान भगवानको चित्र अंड्ढित चाँदीको तकमा खेलाडिहरु पहिराएर सम्मान गरेका थिए ।

यसैबिच कुस्तिका राष्ट्रिय खेलाडी पर्सा जिल्ला निवासी बर्ष ५० का गिरी बाबालाई पनि प्रहरी बरिष्ठ उपरिक्षक खनालले चाँदीको तकमा पहिराई सम्मान गरेको छन् । नेपालको लागि बिश्वको बिभिन्न सात वटा देशहरुमा गएर कुस्ती प्रतियोगितामा बिजयी भई नेपालको नाम उच्च श्रेणीमा राख्न सफल भएका गिरी बाबालाई पनि सम्मान गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै