• २०८१ बैशाख ७ शुक्रबार

बारामा मतगणना सुस्त, गाँउबाट परिणाम सुन्न आएका सर्वसाधारण दिक्क बन्दै फर्किए 

kharibot

तस्बिर : श्याम गुप्ता

बारा । बारामा सम्पन्न निर्वाचनको मतगणना सुस्त भए पछि राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारण चिन्तित बन्न थालेका छन् । 

जिल्ला निर्वाचन कार्यालयले समय मैं मत गणनाको व्यवस्थापन गर्न असफल बने पछि बारामा मतगणना सुस्त बन्न पुगेको हो । 

जिल्लाको १६ स्थानीय तहको ८ मतगणना स्थलमा हाल सम्म २ हजार मत समेत गणना गरेको देखीदैन । स्थानीय जनप्रतीनिधिको परिणमा सुन्न गाउँगाउँबाट आएका सर्वसाधारण दिक्क बन्दै घर फर्कन थालेका छन् ।

२ गते सम्पन्न निर्वाचन समेत एकाध केन्द्र बाहेक ९ बजेपछि मात्रै जिल्ला भर सुरु भएको थियो ।

निर्वाचन कार्यालयले पूर्व तयारी नगरे कै कारण मतगणना ढिलो भएको बताउँदै एक स्थानीय भन्छन् गणना स्थलमा सुचना समेत ढिलो भएको छ , आयोगले आफ्नो काम सच्याउँन पर्ने बताए । 

२ उपमहानगर ५ नगरपालीका ९ गाउँ पालीका सहिँत १६ स्थानीय तह रहेको बारामा ४ हजार आठ सय ४३ उम्मेदवार रहेका छन् , भने ३ लाख ३४ हजार ७ सय ४६ मतदाता रहेका छन् । 

निर्वाचन आयोगले घोषणा गरेको ७ गते सम्म निर्वाचनको परिणाम सम्पन्न गरीने बताए पनि यहि गतीमा पुरा हुँन नसक्ने देखीन्छ ।

बाराको सुगम क्षेत्रका गणना स्थलमा समेत एउटा वडाको मतपरिणम आउँन २ दिन सम्म लाग्ने गरे पछि नेता कार्यकर्ताको समेत चिन्ता र चाँसो बढेको छ । एक स्थानीयले मतगणना स्थल बढाएर आयोग र सरकारले काम थाल्नु पर्ने बताए । 

उपमहानगरपालिका , नगरपालीकाको थोरै स्थानमा भने पनि गणना निरन्तर भैरको छ , भने ९ गाउँपालीकाको परिणम गणनाको दोस्रो दिन एक हजारमा समेत प्रवेश गरेको छैन ।

कतिपय सर्वसाधारणले निर्वाचन कार्यालयको काम र शैली प्रती आशंका समेत व्यक्त गर्न थालेका छन् , घरका काम काज छाडेर उत्साहका साथ आएका मतदाताहरु प्रतीको अन्याय ठान्दै कतिपय स्थलहरुमा नाराबाजी समेत हुँन थालेको छ । 

यता जिल्ला निर्वाचन कार्यालयले कर्मचारी पर्याप्त नहुला गणना ढिलो भएको स्बिकार्दै अन्यत्र जिल्ला बाट कर्मचारी मगाउँने बारेमा छलफल गरीने जनाएको छ ।

दलहरुको संख्या धेरै मत पत्रलामो र एक छापे भन्दा पनि फरक फरक उम्मेदबार छान्दा गणनामा ढिलो भएको सहायक निर्वाचन अधिकृत जनक नेपालले बताए । 

दुई दशक पछिको निर्वाचित परिणमको निर्णय सुन्न आतुर जनतालाई गणना ढिलो भैरहदा नजिकैको चाडसमेत प्रभावित हुने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै