• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा पुनः गिरावट, सूचक र कारोबार रकम दुवै घटे

kharibot

काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । साताको चौंथो कारोबार दिन आज बुुधबार पनि नेप्से सूचक र कारोबार रकम दुुबै घटेका छन । नेप्से तीन दशमलव ८९ अंकले घटेर १५ सय ३९ दशमलव ८१ विन्दुुमा झरेको छ भने सेन्सिटिभ पनि शून्य दशमलव ७९ अंकले घटेर तीन सय २३ दशमलव ११ विन्दुुमा झरेको छ । एक सय ५८ कम्पनीहरुको पाँच हजार ३८ वटा कारोबारमा १० लाख १७ हजार पाँच सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५४ करोड २४ लाख ४४ हजार सात सय ९० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल आठ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहको सूचक घटेको छ भने तीन वटाको बढेको छ । बीमा समूहको सूचक २१ दशमलव १२ अंकले घटेर आठ हजार चार सय ५८ दशमलव २५ विन्दुुमा झरेकोमा सात करोड ४९ लाख ६१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि पाँच दशमलव ७२ अंकले घटेर १३ सय ३३ दशमलव ५९ विन्दुुमा झरेकोमा २० करोड ६४ लाख १९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समूहको सूचक छ दशमलव ८४ अंकले घटेर १९ सय १७ दशमलव ८५ विन्दुुमा कायम रहेकोमा नौ करोड २४ लाख पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युुत समूहको सूचक पनि आज चार दशमलव पाँच अंकले घटेर १७ सय ७८ दशमलव २३ अंकमा कायम रहेकोमा एक करोड ५३ हजार आठ सय रुपैयाँको कारोबार भएको छ ।

जलबिद्युुुत र होटल समूहको सूचकमा पनि आज गिरावट आएको छ । व्यापार समूहको सूचक भने आज २२ दशमलव आठ अंकले बढेर दुुई सय ९३ दशमलव ५८ विन्दुमा चढेकोमा एक करोड ७२ लाख २७ हजार चार सय रुपैयाँको सेयर सेयर खरिद बिक्री भएको छ । यसबाहेक फाइनान्स र अन्य समूहको सूचक पनि आज सामान्य अंकले बढेकाछन ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य  १० रुपैयाँले बढेर २९ सय ७१ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको कुुवेर मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ८१ पैसाले घटेर दुई सय आठ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर तर्फ भने आज ११ सय रुपैयाँ अन्तिम मूल्यमा ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै