• २०८१ बैशाख ८ शनिबार

राजस्व बुुझ्ने वाणिज्य बैंकहरुलाई दशैंमा पनि काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सार्वजनिक विदाका दिनमा समेत काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले बैंकिङ काउन्टर खुल्ला राख्न दिएको निर्देशनअनुसार नेपाल क्लियरिङ हाउस तथा राजस्व संकलन गर्ने वाणिज्य बैंकहरुलाई काउन्टर खुल्ला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सार्वजनिक विदाका दिनहरुमा समेत राजस्व बुुझ्ने व्यवस्था मिलाउनको लागि यही असोज  ५, ७, ११, १२, १३, १४, १५ र १६ गते राजस्व संकलन गर्र्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसबाहेक महिनाको अन्तिम दिन शनिवार वा अन्य सार्वजनिक विदा परेमा सो दिन समेत राजस्व संकलन गर्नको लागि काउन्टर खुल्ला राख्नुुपर्ने निर्देशनमा उल्लेख छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै