• २०८१ बैशाख ७ शुक्रबार

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवैमा राजपा विजयी

kharibot

धनुषा। प्रदेश २ को धनुषा जिल्लास्थित हंसपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल र उपमेयरमा राजपाकै रेणु झा विजयी भएका छन् ।

राजपाले पहिलो विजय हंसपुरबाट प्राप्त गरेको हो ।

मेयरमा निर्वाचित मण्डलले ३३२० मत र उपमेयरमा विजयी झाले ३२७६ मत पाइन् ।

उनीहरुले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेयर उम्मेदवार प्रदीप यादव र उपमेयर उम्मेदवार रामकुमारी कामतलाई पराजित गरेका हुन् ।

यादवलाई मण्डलले ९१ मतान्तरले पराजित गरेका हुन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै