• २०८१ बैशाख ६ बिहीबार

नेइमारले बार्सिलोनालाई क्लब छोड्न लागेको जानकारी दिए 

kharibot

नेइमार

काठमाडौँ, बार्सिलोनाले आफ्ना खेलाडी नेइमारले क्लब छोड्न चाहेको आधिकारिक रुपमा जानकारी दिएको छ ।

नेइमार, उनका पिता र उनका एजेन्टले बार्सिलोना क्लबमा भएको भेटघाटमा क्लब छोड्न चाहेको बताएको बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । क्लबले विज्ञप्तिमा नेइमारसँग रहेको बाइआउट क्लजको २२२ मिलियन युरो तिर्ने क्लबमा नेइमार जनसक्ने र नेइमार क्लबको सम्झौतामै भए पनि तत्काललाई ट्रेनिंगमा भाग नलिने बताएको छ ।

नेइमार फ्रान्सको क्लब पीएसजीमा जाने लगभग तय भएको बताइएको छ । क्लबले फुटबलको इतिहासमा खेलाडी किन्दा अहिलेसम्मकै धेरै रकम खर्च गर्न तयार भएको छ । क्लबले नेइमारलाई किन्दा अर्जेन्टिनी खेलाडी डी मारियालाई बार्सिलोनालाई दिने तयारी गरेको खबर आएपनि यस बारे पीएसजीले स्पष्ट गरेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै