नेइमारले बार्सिलोनालाई क्लब छोड्न लागेको जानकारी दिए 

खरीबोट

नेइमार

ad

काठमाडौँ, बार्सिलोनाले आफ्ना खेलाडी नेइमारले क्लब छोड्न चाहेको आधिकारिक रुपमा जानकारी दिएको छ ।

नेइमार, उनका पिता र उनका एजेन्टले बार्सिलोना क्लबमा भएको भेटघाटमा क्लब छोड्न चाहेको बताएको बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । क्लबले विज्ञप्तिमा नेइमारसँग रहेको बाइआउट क्लजको २२२ मिलियन युरो तिर्ने क्लबमा नेइमार जनसक्ने र नेइमार क्लबको सम्झौतामै भए पनि तत्काललाई ट्रेनिंगमा भाग नलिने बताएको छ ।

नेइमार फ्रान्सको क्लब पीएसजीमा जाने लगभग तय भएको बताइएको छ । क्लबले फुटबलको इतिहासमा खेलाडी किन्दा अहिलेसम्मकै धेरै रकम खर्च गर्न तयार भएको छ । क्लबले नेइमारलाई किन्दा अर्जेन्टिनी खेलाडी डी मारियालाई बार्सिलोनालाई दिने तयारी गरेको खबर आएपनि यस बारे पीएसजीले स्पष्ट गरेको छैन ।
 

सम्बन्धित समाचार

विश्वकपमा विजयी लय खोज्दै ब्राजिल, कोस्टारिकाविरुद्ध नेइमारको अग्निपरीक्षा 

काठमाडौँ । विश्वकप फुटबलमा समुह इ अन्तर्गत ब्राजिल र कोष्टारिकाबीच आज खेल हुदै छ । नेपाली समय अनुसार ५:४५ मा हुने यस खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार खेल्ने भएका छन्

नेइमार फेरी घाइते, अभ्यास बिचमै छोडे !

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार फेरी इन्जुरीका कारण विश्वकपको खेल गुमाउन सक्ने देखिएको छ । मंगलबार अभ्यासका क्रममा नेइमारलाई सहयोगीले मैदान बाहिर लैजादै गरेको देखिएपछि नेइमार विश्वकपको अर्को खेलमा खल्ने

ब्राजिली मिडियाद्वारा नेइमारको आलोचना, भने -‘हेयर स्टाइल १० खेल शुन्य’

काठमाडौँ । ब्राजिलको गएराती स्विटजरल्याण्डसँगको प्रदर्शन पछि ब्राजिलका मिडियाले स्टार खेलाडी नेइमारको कडा आलोचना गरेका छन् । स्विटजरल्याण्डसँग १-१ को बराबरी खेलेको ब्राजिल टिमलाई आफ्नो देशको मिडियाले कडा आलोचना गरेका हुन्

ब्राजिलले अस्ट्रियालाई ३-० ले हरायो, नेइमारले गरे लगातार दोस्रो खेलमा गोल 

काठमाडौँ । विश्वकपको तयारीमा रहेको ब्राजिलले अस्ट्रियालाई पराजित गरेको छ । आइतबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गरेको छ । ब्राजिलको जितमा गार्बियल जिसस, नेइमार र फिलिप कोन्टिन्होले