• २०८१ बैशाख ८ शनिबार

सकियो सोह्र श्राद्ध (फोटोफिचर)

kharibot

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मको १६ दिनसम्म्म गरिने श्राद्ध आजबाट सकिएको छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये आफ्ना पितृहरुको तिथि पारेर सोह्रश्राद्ध गर्ने गरिन्छ । पर्वतिथिका अवसरमा गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण वा महालय श्राद्ध पनि भनिन्छ ।

सोह्रश्राद्ध गर्नाले वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापुर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने प्रचलन छ । सोह्रश्राद्ध सकिने दिन विधिवत् पितृदेवतालाई विदा गर्ने भन्ने भनाइ पनि छ ।

सोह्रश्राद्ध सकिएपछि घटस्थापना सुरु हुन्छ ।

सोह्रश्राद्धको अन्तिम दिन पशुपतिमा यस्तो देखियो :

तस्बिरहरू : कविता घिमिरे/खरीबोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै