• २०८१ बैशाख ४ मंगलबार

लहान नगरपालिकामा मतगणना पुनः स्थगित, एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलायो 

kharibot

सिरहा ।  सिरहाको लहान नगरपालिकामा मतगणना पुनः स्थगित भएको छ । 

वडा नम्बर एक मा एमालेमा उम्मेदवार सुलेमान अन्सारी विजयी भएको निर्वाचन आयोगले मतपरिणाम घोषण गर्न खोज्दा कांग्रेसले अवरोध सृजना गरेपछि मतगणना नै स्थगित भएको छ ।

एमालेका उम्मेदवार अन्सारी एक मतले विजयी भएका थिए । कांग्रेसले भने पुनः मतगणना गर्नुपर्ने भन्दै अवरोध गरेको हो । अहिले मतपरिणाम कांग्रेसले सार्वजनिक गर्न नदिएपछि एमालेले प्रतिनिधि फिर्ता बोलाएको छ ।

कांग्रेसले वडा नम्बर ५ को मतपरिणाम सार्वजनिक गर्न नदिएपछि उक्त वडाको घोषणा नहुन्जेलसम्मका लागि एमालेले आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।

उजुरी पछि ४, ६ नम्बरको मतगनणा समेत रोकिएको छ । अहिले एमालेले निर्वाचन अधिकृत विरुद्ध नारावाजीसहित प्रदर्शन गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै