लहान नगरपालिकामा मतगणना पुनः स्थगित, एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलायो 

खरीबोट

सिरहा ।  सिरहाको लहान नगरपालिकामा मतगणना पुनः स्थगित भएको छ । 

वडा नम्बर एक मा एमालेमा उम्मेदवार सुलेमान अन्सारी विजयी भएको निर्वाचन आयोगले मतपरिणाम घोषण गर्न खोज्दा कांग्रेसले अवरोध सृजना गरेपछि मतगणना नै स्थगित भएको छ ।

एमालेका उम्मेदवार अन्सारी एक मतले विजयी भएका थिए । कांग्रेसले भने पुनः मतगणना गर्नुपर्ने भन्दै अवरोध गरेको हो । अहिले मतपरिणाम कांग्रेसले सार्वजनिक गर्न नदिएपछि एमालेले प्रतिनिधि फिर्ता बोलाएको छ ।

कांग्रेसले वडा नम्बर ५ को मतपरिणाम सार्वजनिक गर्न नदिएपछि उक्त वडाको घोषणा नहुन्जेलसम्मका लागि एमालेले आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।

उजुरी पछि ४, ६ नम्बरको मतगनणा समेत रोकिएको छ । अहिले एमालेले निर्वाचन अधिकृत विरुद्ध नारावाजीसहित प्रदर्शन गरिरहेको छ ।
 

सम्बन्धित समाचार

महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो, एमाले नील

गौशाला । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।  यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।  मुख्य निर्वाचन अधिकृत

राजविराज नगरपालिकाको मतगणना स्थगित

राजविराज ।  सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ ।  राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत

बारा जिल्लाको अहिलेसम्मको मतगणना अपडेट (सुची सहित)

बारा । प्रदेश नम्बर २ को मत गणनाको परिणाम आउने क्रम जारी रहेको छ । बाराका स्थानीय तहमा मतगणना जारी रहँदा दुई गाउँपालीकाको टुँङ्गो लागेको छ भने विहिवार साँझसम्म  नतिजा

जनकपुर उपमहानगरमा राजपाको फराकिलो अग्रता कायमै  

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले आफ्नो अग्रतालाई कायम राखेको छ ।   राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा तीन गुना बढी मतले अग्रता लिइरहेका छन् ।  पछिल्लो विवरण