• २०८१ बैशाख ७ शुक्रबार

उद्योग वाणिज्य संघ गुलरियामा वीरु चौधरी

kharibot

बर्दिया (गुलरिया) ।   उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्ष पदमा वीरबहादुर चौधरी (वीरु) विजयी भएका छन् । अर्का प्यानल तर्फका अध्यक्षका उम्मेदवार देवेन्द्र पाण्डे(मंगल)लाई ४३ मतले पछि पार्दै चौधरी अध्यक्ष पदमा विजयी भएका हुन् ।

उद्योग वाणिज्य संघ गुलरियामा १ हजार २ सय ९ सदस्यमध्ये १ हजार १ सय मत खसेको थियो जसमध्ये ५७ मत बदर भएको थियो । खसेको मत मध्य विजयी भएका चौधरीले ५२७ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी पाण्डेले ४८४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिराम काफ्लेले बताए ।
२० पदको लागि मंगलबार भएको निर्वाचनबाट ८ पदाधिकारी र ६ सदस्य गरी १४ पदमा चौधरीको प्यानल विजयी भएका छन् ।

२० पदका लागि भएको निर्वाचित समितिमा प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, दृतीय उपाध्यक्ष मनोज कुमार यादव, तृतीय उपाध्यक्ष अजित राजभण्डारी, महासचिव शिवहरी पौडेल, सचिव पुष्कर सापकोटा, कोषाध्यक्ष गंगा पोखरेल र सहकोषाध्यक्षमा मोहित पौडेल विजयी भएका हुन् ।

त्यस्तै सदस्यहरुमा नरेश कुमार खत्री, सुरेश पौडेल, सुरेन्द्र प्रसाद वगाले पौडेल, केशवप्रसाद रिजाल, कृष्णप्रसाद मैनाली, सरला केसी, दिनेशकुमार यादव, मनिस गुप्ता, संगिता महतरा, कृष्ण ढकाल, सकिल अहमद सिद्धिकी र मीनबहादुर खत्री विजयी भएका छन् ।

जिल्लाका सम्पुर्ण व्यापारीहरुलाई एक ढिक्कामा राखेर व्यापारीको हकहित र व्यापार प्रवद्र्धनका काम गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै