तराई-मधेश द्रुतमार्ग आयोजनाको डिपिआर छिट्टै टुङ्गो लाग्ने

खरीबोट
ad

काठमाडौँ ।  सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त तथा राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई -मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) छिट्टै टुङ्गो लाग्ने जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, मुख्य सचिव तथा प्रधानसेनापतिलगायत अन्य सरोकारवाला निकायलाई उक्त द्रुतमार्गको डिपिआरलाई छिटो टुङ्गोमा पु¥याई कामलाई अगाडि बढाउन हालै निर्देशनसमेत दिएका थिए । 

व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सो जानकारी दिँदै द्रतमार्गको डिपिआर छिटोभन्दा छिटो टुङ्गो लाग्ने जानकारी दिए । 

डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा डिपिआर अध्ययन टोली बनाएको र सो टोलीले अध्ययन अन्तिम चरणमा पु¥याएको बताइएको छ । 

सरकारले बहुचर्चित एवं बहुप्रतिक्षित सो द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा विसं २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो । ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको कूल लम्बाइ ७६ दशमलव २ किमी रहेको सो द्रुत मार्ग निर्माण व्यवस्थापन गर्न सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन । 

सेनाको इञ्जिनियरिङ विभागका प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले समितिको बैठकमा द्रुतमार्ग निर्माण कार्य अगाडि बढाउन डिपिआर नभएकाले इञ्जिनियरिङ डिजाइन गराउनेतर्फ काम भइराखेको जानकारी दिए । 

उहाँले द्रुतमार्ग निर्माण गर्न मख्खुबेसी, कुलेखानी, लेनडाडा, बुदुने र बागदेवमा क्याम्प रााखिएको, सडकमा पर्ने छैमले, सोखेल, फर्पिङ, भीमसेन स्थान, घुसखेलम, सैँबु लगायतका स्थानमा मुआब्जा वितरण कार्य जारी रहेकोे जानकारी दिए । 

बैठकमा भौतिक पूर्वाभार तथा यातायातमन्त्री बलायरले द्रुत मार्ग निर्माणमा नेपाली सेनाको व्यवस्थापन हुने निर्णयलाई अब विवादमा नल्याउन आग्रह गर्दै सेनाले गर्ने कामको गुणस्तर र समयलाई सहजीकरण गर्न आग्रहसमेत गरे । उनले भने, “राष्ट्रको प्रतिष्ठासँग गासिएको द्रुतमार्ग निर्माण गरेर सेनाले नयाँ कामको उदाहरण प्रस्तुत गर्नेछ ।” 

रक्षामन्त्री प्रधानले बैठकमा प्रधानमन्त्रीले डिपिआरलाई टुङ्गोमा पु¥याई निर्माण कार्य अगाडि बढाउन निर्देशनसमेत दिएको जानकारी दिँदै छिट्टै डिपिआर टुङ्गोमा पुग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कठिन अवस्थामा सेनाले सडक निर्माण कार्य गरेको अनुभव छ, यही अनुभवलाई द्रुत मार्गमा लगाउनेछ ।” 

समितिका सभापति रवीन्द्र अधिकारीले लामो समयदेखि विभिन्न कारणले अल्झेको द्रुत मार्गको निर्माण कार्य सेनाले जिम्मा पाएपछि नयाँ आशा जागेको चर्चा गर्दै छिटोभन्दा छिटो डिपिआरको काम सक्न निर्देशन दिए । 

बैठकमा सांसदहरु केशवकुमार बुढाथोकी, सीता गिरी, गणेश पहाडी, आङदावा शेर्पा, रामअयोध्याप्रसाद यादव, जनार्दन ढकाल, ललितजंग शाही, गुरुप्रसाद बुर्लाकाटी र शान्ता मानवीले द्रुत मार्ग निर्माणमा सबैले सेनालाई सहयोग गर्नुपर्छ भने । 

बैठकमा अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारीले नेपाली सेनाको सीपलाई द्रुत मार्ग निर्माणमा लगाउन आग्रह गर्दै बजेटको अभाव हुन नदिने जानकारी दिए । 

सम्बन्धित समाचार

द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज

प्रधानसेनापतिले भने— द्रुतमार्ग सेनाले मागेको होइन, राष्ट्र र जनताले दिएको जिम्मेवारी हो 

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना दिवसको अवसरमा सेनाका सकल दर्जालाई शुभकामना सन्देश दिएका छन् । मंगलबार परेको शिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा क्षत्रीले सेनामातहतका सकलदर्जा, सेवारत निजामती कर्मचारी, सैनिक

यातायातमन्त्री र सेनाका अधिकारीले गरे तराई—काठमाडौं द्रुतमार्ग निर्माणको अवलोकन 

बारा । काठमाडौंलाई तराईसँग जोड्ने एक महत्त्वपूर्ण मार्गका रुपमा रहेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम नेपाली सेनाले तीव्र पारेको छ । सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएसँगै दु्रतमार्ग

द्रुतमार्ग निर्माणका लागि सैनिक बेस क्याम्प उद्घाटन

काठमाडौँ ।  नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ ।  नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष