• २०८१ बैशाख ७ शुक्रबार

बाराको ताजा अपडेट : उत्तरमा एमाले र कांग्रेस, दक्षिणमा राजपा र संघीय फोरम

kharibot

बारा । बाराका १६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा राजपा र संघीय फोरमबीच प्रतिस्पर्धा भइरहेको हो ।

जिल्लाको आर्थिक समृद्धिका हिसाबले सबैभन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जीतपुरसिमरामा प्रमुख दल नै प्रतिस्पर्धामा छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको चरणमा रहेको यस नगरमा नगरप्रमुखको जिम्मेवारी कसले पाउने भन्ने विषय बहुप्रतीक्षित रहेको छ ।

जिल्लाको दुई जुम्ल्याहा उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरमा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । नगरका दुई वामपन्थीको टक्करमा काँग्रेसले माओवादीलाई तेश्रो स्थानमा रहेर टक्कर दिइरहेको छ । यसैगरी कलैया उपमहानगरपालिकामा संघिय समाजबादी फोरमले अग्रता लिइरहेको छ । हिजो अबेरबाट मतगणना सुरु गरिएको कलैयामा २ सय मत अन्तरले नेकपा एमालेपछि पछि छ । त्यसैगरी काँग्रेस तेस्रो स्थानमा छ ।

त्यस्तै बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका मंगल लोप्चन बिजयी भएका छन् भने वडा नम्बर २ मा नेकपा एमालेका केशव ढोडारी बिजयी भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका जीतबहादुर तामाङ बिजयी भएका छ । वडा नम्बर १३ मा नेपाली काँग्रेसका सुर्य घलान बिजयी भएको मतदान अधिकृत गोविन्द गौलीले जानकारी दिएका छन् ।

उता कोहल्बी नगरपालिकामा पनि एमालेले नैं अग्रता लिईरहेको छ भने काँग्रेस सामान्य मत अन्तरले दोश्रो स्थानमा रहँदा अन्य दल झिनो आसामा पछ्याइरहेका छन् ।

नेपाली काँग्रेस र माओबादी केन्द्रको गठबन्धन गरेको निजगढ नगरपालिकामा एमालेले नैं अग्रता लिइरहेको छ । माओबादीले काँग्रेक नगर प्रमुखलाई समर्थन गरेर उपप्रमुख सहिँत अन्य पद माओबादी केन्द्रलाई मतदानको आहवान गरेका दुई दलसँग एमाले एक्लै मैदानमा पहिलो अवस्थामा उभिएको छ  ।

त्यसैगरी जिल्लाको पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेंटा गाउँपालिका र महागढीमाई नगरपालिकामा एमाले र काँग्रेसले नैं अग्रता लिईरहेका छन् । मधेशी दलको बढी प्रभाव मानिएका तहमा समेत एमाले काँग्रेस नैं अग्रस्थानमा रहँदा संघिय समाजबादी र राजपाले पछ्याइरहेका छन् ।

राजपा र संघिय समाजबादी फोरम पनि जिल्लाको केही तहमा अग्रस्थान मैं छन् । पचरौता नगरपालिका, बिश्रामपुर गाउँपालिका,

परसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र करैयामाई गाउँपालिकामा राजपा र संघिय फोरम लोकतान्त्रिक अग्रस्थानमा छन् ।
मधेशी दल अग्र स्थानमा देखिएका दलमा एमाले कडा प्रतिस्पर्धामा छ, भने काँग्रेस माओबादी पछि पछि छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै