• २०८१ बैशाख १२ बुधबार

काठमाडौँको तिनकुनेमा दुर्घटना हुँदा दुईको मृत्यु

kharibot

काठमाडौँ । तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै