• २०८१ बैशाख ८ शनिबार

मेक्सिको भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ४८ पुग्यो, अझै बढ्नसक्ने (अपडेट) 

kharibot

तस्बिर : एजेन्सी

मेक्सिको सिटी । गएरातिको भूकम्पमा परी मेक्सिकोमा मर्नेको संख्या कम्तीमा पनि २ सय ४८ पुगिसकेको छ । भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीमा कम्तिमा २७ ठूला बिल्डिंग ध्वस्त भएको बताइएको छ ।

भूकम्पका कारण मोरेलोसमा ७२, मेक्सिको सिटीमा ११७, पुयेब्लामा ४३, मेक्सिको स्टेटमा १२, गुएर्रेयोमा ३ र ओक्साकामा १ जनाको मृत्यु भएको छ ।  १० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाँठमै भूकम्प गएको हो । मेक्सिकोका राष्ट्रपति एनरिक पेना नाइतोले भूकम्पमा परी २० भन्दा धेरै केटाकेटी मारिएको र ३० भन्दा बढी बेपत्ता रहेको बताएका छन् । मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ ।

भूकम्पका कारण मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति पुर्याएको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तीमा ९० जनाको ज्यान गएको थियो ।

भूकम्पको चेतावनी 
यसैबीच, भूकम्प आउनुअघि नै चेतावनी प्राप्त भएको कतिपय मेक्सिकनहरुले बताएका छन् । उनीहरुका अनुसार चेतावनी सुनेपछि उनीहरु घरबाहिर आएका थिए । भूगर्भमा हुने हलचलको अध्ययन गर्ने संस्था सेन्टर अफ इन्स्ट्रुमेन्टेसन एण्ड सिस्मिक रेकर्ड (सीआईआरईएस)का अधिकारीका अनसार रेडियो, टिभी र लाउडस्पिकरबाट भूकम्पको चेतावनी दिइएको थियो । 

  • बीबीसी
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै