• २०८१ बैशाख १४ शुक्रबार

ला लिगामा बार्सिलोनाको गोलको बर्षा, मेसीले गरे ४ गोल 

kharibot

काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले इबरमाथि फार्किलो जित निकालेको छ । बार्सिलोनाले इबर माथि ६-१ गोल अन्तरले जित निकाल्दै ला लिगाको शिर्ष स्थानमा कायम रहेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले ४ गोल गरेका थिए । खेलको २०औ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका मेसीले खेलको ५९औ, ६२औ र ८७औ मिनेटमा गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि थप गोल ३८औ मिनेटमा पाउलिन्हो र डेनिस स्वरेजले ५३औ मिनेटमा गरेका थिए ।

मेसीले सन् २०१७ मा खेलेका ४० खेलमा ४० गोल गरेका छन् । त्यस्तै मेसीले ला लिगामा आफ्नो २८औ ह्याट्रिक पनि गरेका छन् । मेसी भन्दा अगाडी रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले ३२ पटक ह्याट्रिक गरेका छन् । त्यस्तै मेसीले यस सिजनका ५ खेलमा ९ गोल गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै