• २०८१ बैशाख १३ बिहीबार

मेक्सिकोमा भूकम्पमा परी कम्तिमा ११६ जनाको मृत्यु

kharibot

मेक्सिको । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा पारी एक सय १६ जना भन्दा बढीको ज्यान गएको छ । मेक्सिकोका सरकारी अधिकारीले कम्तिमा पनि ११६ जनाको मृत्यु भएको बताएको सिएनएनले जनाएको छ । 

मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको जनाइएको छ ।

भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीमा कम्तिमा २७ ठुला बिल्डिंग ध्वस्त भएको बताइएको छ ।

 मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो ।

मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । भूकम्पका कारण अहिलेसम्म

ज्यान गुमाएका मध्ये ५४ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा २६ जनाको ज्यान गएको छ । यस्तै मेक्सिको सिटीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । 

१० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै