• २०८१ बैशाख ८ शनिबार

मेक्सिकोमा शक्तिशाली भूकम्पकाे धक्का, हजाराैँ घरबाट बाहिर निस्किए

kharibot

अाजकाे भूकम्पमा भास्सिएकाे विमानस्थलकाे दृश्य । तस्बिर : airlive.net

मेक्सिको । बुधबार बिहानै मध्य-मेक्सिकोमा ७.१ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । अमेरिकी भूगर्भ सर्वेका अनुसार शक्तिशाली धक्का राजधानी मेक्सिको सिटीसम्मै महसुस गरिएकाे थियाे । 

भूकम्पले भवनहरु भत्किएकाे बताइएकाे छ । भूकम्पपछि हजाराैँ मेक्सिकनहरु घरबाहिर निस्केका स्थानीय मिडियाहरुले टिपाेट गरेकन छन् । सेप्टेम्बरकाे सुरुमा पनि मेक्सिकोमा ८.१ रेक्टर स्केलकाे भूकम्प अाएकाे थियाे । उक्त भूकम्पमा कम्तीमा ९० जनाकाे मृत्युु भएकाे थियाे । 

अाजकाे भूकम्पकाे केन्द्र पुयबेला राज्यमा ५१ किमि गहिराई भएकाे बताइएकाे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै