• २०८१ बैशाख १३ बिहीबार

वीरगञ्ज महानगरको तीनसय मत गणना गर्दा राजपा अगाडी 

kharibot

वीरगञ्ज । प्रदेश नम्बर दुईको एउटा मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मत गणना जारी रहेको छ ।

३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२ र ३२ को मतगणना भइरहेको छ । अहिले ५ स्थानमा मत गणना भैरहेको छ भने निर्वाचन कार्यालयले ११ ठाउमा मत गणना गर्ने तयारी गरेको जानकारी दिएको छ ।

वीरगञ्ज महानगरको पहिलो तीन सय मतको मतगणनाको परिणाम आएको छ । अहिलेसम्म तीन सय मत गणना गर्दा कांग्रेस र राजपाबीच प्रतिष्पर्धा देखिएको छ ।

अहिले वीरगञ्ज महानगरपालिकाको मेयर पदमा राजपा उम्मेदवार ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका मेयर पदका उम्मेदवारले ७६ मत पाएका छन् त्यस्तै संघीय समाजवादी फोरमका उम्मेदवारले ५७ मत पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै