• २०८१ बैशाख ७ शुक्रबार

गोपाल खड्का भरिया मात्र हुन् – केपी ओली 

kharibot

काठमाडौं  ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमको बर्खास्तमा परेका कार्यकारी निर्देशक गोपालबहादुर खड्का भरीया भएको बताएका छन् । 

मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आयल निगमको जग्गा खरिद प्रकरणमा भरियालाई पदबाट हटाएर भारी बोकाउनेहरुलाई सरकारले जोगाउन खोजेको बताए । 

अध्यक्ष ओलीले भने - ‘आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास भएको छ’ । ‘मुख छोपेर जग्गा हेर्न जानेलाई पनि बाँकी राख्नु हुँदैन, जो जो दोषी छन् कसैलाई छोड्नु हुँदैन ।’  ओलीले भने ।  भ्रष्टाचार विरुद्ध एमालेले दवाव दिएपछि मात्रै पदबाट हटाउन सरकार वाध्य भएको ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले ११ जना न्यायाधीशमाथि कारवाही गर्ने तयारी सरकारले गरेको वताउँदै राज्यका सवै अंगलाई कार्यकारीबाट बशिभूत पार्न खोजिएको बताए ।

प्रादेशिक र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको बतौअदै अध्यक्ष ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको बताए । 

‘यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ । हिजो दलीय बैठकमा पहिले नै सहमति भइसकेको मतपत्रका विषयमा बखेडा झिकेर त्यसको संकेत गरेका छन् ।’  ओलीले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै