• २०८१ बैशाख ७ शुक्रबार

सनी लियोनीको कन्डोमको विज्ञापन विवादमा, सडकमा भयो विरोध प्रदर्शन

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सनी लियोनी नयाँ विवादमा फसेकी छन् । नवरात्री जस्तो धार्मिक पर्वको अवसरपारेर कन्डोमको विज्ञापन गरेपछि धार्मिक संगठनहरुले सनीको विरोध गरेका छन् ।

सनी लियोनी ब्रान्ड एम्बेसडर रहेको कन्डोमको विज्ञापनको एक होर्डिंग भारतको गुजरातको सुरतमा लगाए पछि यसको व्यापक विरोध भएको हो ।

विज्ञापनमा गुजराती भाषामा ‘नवरात्रीमा खेल तर प्यारले’ भन्ने सन्देश सहित कन्डोमको विज्ञापनको होर्डिंग लगाए पछि हिन्दु धर्मका संघ संस्थाहरु विरोधमा उत्रिएका हुन् ।

उनीहरुले प्रदर्शन गर्दै आफ्नो धार्मिक भावनामा ठेस पुगेको भन्दै होर्डिंग तुरुन्त हटाउन माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै