नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

खरीबोट

प्रधानमन्त्री देउवा बुधबार नारायणघाट–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन निरीक्षण गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

ad

चितवन, प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । 

“यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ,” उनले भने, “सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ ।” प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएक थिए । उनले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए । 

दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका थिए । सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उनलाई जानकारी गराएका थिए । 

प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । “अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुपर्यो,” उनले भने निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । 

सम्बन्धित समाचार

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

चितवन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन ।  नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव

जिल्ला सभापति भेलामा आफ्नैको आलोचना खेप्दै सभापति देउवा 

काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरूको जारी राष्ट्रिय भेलामा १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकट जिल्ला सभापतिहरु उनीविरुद्ध खनिएका छन् । पौडेल र सिटौलापक्षीय सभापतिहरूले नेतृत्वको तीव्र आलोचना गरिरहेका बेला देउवानिकट

सरकार संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत – काँग्रेस सभापति देउवा

हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाएका छन् ।  काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आज

काँग्रेसमा देउवाविरुद्ध पौडेल र सिटौला एक ठाउमा, युवा नेताहरुको पनि साथ 

काठमाडौँ । निर्वचनमा पाएको पराजय पछि नेपाली काँग्रेसमा विभिन्न गुटउपगुटको गठजोड सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आउदो महाधिवेशनसम्म नेतृत्व पनि नछोड्ने संकेत गरेपछि उनका विरोधी गुटका नेताहरु