• २०८१ बैशाख १३ बिहीबार

विश्व क्रिकेट लिगको हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा 

kharibot

फाइल तस्बिर

काठमाडौँ । आगामी अन्टोबर १३ र १५ गते हुने हङकङविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

आज घोषणा गरिएको नेपाली टोलीम भेट्रान खेलाडी शक्ति गौचनको अनुपस्थितीमा बायाँ हाते स्पिनर शुशिल कँडेललाई पहिलो पटक समावेश गरिएको छ । यस्तै बायाँ हाते तिब्र गतिका बलर ललित सिंह भण्डारीले पनि अन्तिम चौधमा ठाउ पाएका छन् ।

त्यस्तै जितेन्द्र मुखिया, महबुब आलम, कुशल भुर्तेल र नरेश बुढायर भने वैकल्पिक खेलाडीमा परेका छन् ।

हङकङ विरुद्द हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट हाल भारतको चेन्नइमा रहेको छ । नेपालले ११ दिनको चेन्नाई बसाईमा सेप्टेम्बर १९, २१, २३ र २५ मा गरेर चारवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नैपर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

नेपाली टिम

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषवाकर
विनोद भण्डारी
सागर पुन
बसन्त रेग्मी
सोमपाल कामी
सन्दीप लामिछाने
दिपेन्द्रसिंह ऐरी
सुशिल कंडेल
करण केसी
ललितसिंह भण्डारी
अरिफ शेख
सुशान भारी

बैकल्पिक खेलाडी

कुशल भुर्तेल
नरेश बुढाऐर
जितेन्द्र मुखिया
मेहबुब आलम
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै