• २०८१ बैशाख ११ मंगलबार

प्रदेश २ मा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खसेको अनुमान 

kharibot

काठमाडौँ ।  स्थानीय तहको तेस्रो चरणअन्तर्गतको प्रदेश २ का आठ जिल्लामा सोमबार भएको मतदान सकिएको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । 

छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रारम्भिक अनुमान अनुसार प्राय सबै स्थानमा करिब ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा आज निर्वाचन सम्पन्न भएको हो । 

सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना जान प्रतिनिधि निर्वाचित हुदै छन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा महिला १४ हजार ३ सय ७५ र पुरुष २२ हजार ८ सय ६१ छन् । प्रदेस नम्बर २ मा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । 

त्यस्तै नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ भने नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।

हाल मुचुल्का उठाउने काम भैरहेको र सबै दलको सहमतिमा मतगणनाको काम हुने निर्वाचन आयोगले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै