• २०८१ बैशाख ८ शनिबार

चेल्सी र आर्सनलबीचको खेल बराबरीमा, डिभिड लुइजले पाए रातो कार्ड 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेल्सी र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन् नसकेपछि खेल विना कुनै गोल बराबरीमा सकिएको हो ।

खेलको ७६औ मिनेटमा आर्सनलका मुस्ताफीले गोल गरेपनि रेफ्रीले अफसाइड गोल भन्दै गोल मान्न अस्विकार गरेपछि आर्सनलले अग्रता लिने अवसरबाट चुकेको थियो ।

खेलको ८७औ मिनेटमा चेल्सीका डिफेन्डर डेभिड लुइजले फाउल गरेपछि रेफ्रीले रातो कार्ड देखाउडा चेल्सी १० खेलाडीमा सिमित भएको थियो । डिभिडले रातो कार्ड पाएपछि अब हुने म्यान्चेस्टर सिटीविरुद्धको खेल खेल्न नपाउने भएका छन् ।

यो सँगै चेल्सीले यस सिजनका अन्तिम पाँच खेलमा तीन रातो कार्ड पाएको छ । यो बराबरीसँगै चेल्सीले ५ खेलमा १० अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ भने आर्सनलले ५ खेलमा ७ अंकसहित लिगको १२औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै