• २०८१ बैशाख ११ मंगलबार

विश्व बैंकद्वारा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण

kharibot

काठमाडौँ ।  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । 

सरकारले यो वर्ष ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने बताइरहेका बेला विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । 

हालै तराईमा गएको बाढिले कृषि क्षेत्र, आर्थिक गतिविधि तथा गरिबी न्यूनीकरण प्रयासमा क्षती पुऱ्याएकाले कुल गार्हस्थ उत्पादनमा कमी आई आगामी २ बर्षसम्म समेत ठूलो आर्थिक बृद्धिदर हासिल गर्न कठिन हुने विश्व बैंकले जनाएको छ । 

बाढीले कुल जनसंख्याको करिब ५ प्रतिशत र दक्षिण तराईको ८० प्रतिशत जमिन प्रभावित भएको विश्व बैंकले उल्लेख गरेको छ । साथै कुल ६४ हजार हेक्टर जमिनमा लगाएको बालीमा समेत पूर्ण क्षती पुगेकाले कृषि उत्पादन न्यून हुने बैंकको अनुमान छ । 

बैंकले आज प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षमा बजेट घाटा कुल गार्हस्थ उत्पादनको ३ दशमलव ३ प्रतिशत बराबर रहेको र  कतार लगायतका खाडी मुलुकमा देखिएको तनावले रेमिट्यान्स आप्रवाह घट्ने भएकाले पनि अपेक्षा अनुसार आर्थिक बृद्धिदर हासिल गर्न नसकिने उल्लेख छ । 

कतारलाई लिएर खाडी मुलुकमा देखिएको तनावका कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि क्रमश: घट्दै गएको बैंकले जनाएको छ । नेपाल संघीय प्रणालीमा गएर राजनीतिक, आर्थिक र प्रशासनीक रुपमा विकेन्द्रीकृत हुने प्रक्रियामा रहेकाले यसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने बैंकले जनाएको छ । 

संघीय संरचना अनुसार नै बजेट वितरण हुने भएपनि आगामी दिनमा त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै