• २०८१ बैशाख ८ शनिबार

बाल संरक्षण धरोहर नेपालको स्थापना दिवश तथा सम्मान कार्यक्रम सम्पन्न 

kharibot

तस्बिर : खरीबोट

काठमाडौँ । हाम्रो बाल संरक्षण धरोहर नेपालको स्थापना दिवश तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । शनिवार धापासीमा आयोजित कार्यक्रममा प्रमुख अथिती टोखा नगरपालीकाका प्रमुख प्रकाश अधिकारीले बालबालीका भोलीका देशका कर्णधार भएकाले आफुले जस्तो बनाउन खोज्यो उस्तै बन्ने भएकाले राम्रो वाताबरण दिनु पर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै अधिकारीले टोखा नगरपालीका बालबालीका मैत्री नगरपालीका बनाउने घोषणा समेत गरेका छन् । 

महिला तथा बालबालिकाका धेरै समस्या भएकाले ती समस्या समाधान गर्न बिशेष कदम चाल्ने समेत जानकारी दिएका थिए । नियम कानुन बनेर लागु नभएको भन्दै उनले  सडकमा बच्चा फाल्नेलाई सजाए दिन नसकेमा दुख समेत ब्यक्त गरेका थिए । 

कार्यक्रममा यसै संस्थामा रहेका बालबालिकाहरुले आफ्नो प्रतीभा समेत देखाएका थिए । तेस्तै यो संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरीएको थियो । 

कार्यक्रममा गायिका सत्यकला राईले तिमी मसँग नबोल्ने अरे, तिमीलाई हङ्कङ पुर्यायो आईडि काडैले लगाएतका गीत प्रस्तुत गरेकी थिईन् । त्यस्तै हास्य कलाकार डम्बर घिमिरेले ब्यग्य मार्फत सबैलाई हसाएका थिए । कार्यक्रममा सडक बालबालीकामा आधारीत रहेर बृत चित्र समेत देखाईएको थियो ।      
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै