• २०८१ बैशाख १२ बुधबार

ट्याक्सीको मिटर सिल गर्न पाँच लाख घुस लिने नापतौलका तीन अधिकारी पक्राउ

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्याक्सीको मिटर सिल गर्न सेवाग्राहीसँग पाँच लाख घुस लिएका गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइ बालाजुका तीन अधिकारीलाई रंगेहात नियन्त्रणमा लिएको छ ।

आयोगको टंगालबाट खटिई गएको टोलीले पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापतौलका निरीक्षक विकास ध्वन्जु, सहायक निरीक्षकहरु दुर्गा प्रसाद रेग्मी र ठाकुरराम खड्कालाई नियन्त्रणमा लिएको हो । उनीहरुले कसुर गरेको भन्दै पाँच लाख बिगो मागदाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

घुस्याहा तामेलदार नियन्त्रणमा
यसैबीच, आयोगले आजै जिल्ला अदालत काठमाडौंका तामेलदार सूर्य परियारलाई ३५ हजार घुसरकमसहित नियन्त्रणमा लिएको छ । टंगालबाट गएको टोलीले तामेलदारको साथबाट घुस लिएको ३५ हजार रकमसहित नियन्त्रणमा लिएको हो । उनीविरुद्ध आयोगले सोही परिमाणको रकम मागदाबी राखेर विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै