• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडक अनुगमन गर्दै

kharibot

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गर्दै छन् । यो सडकखण्डमा दुर्घटना बढेको तथा दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको भन्दै प्रधानमन्त्री देउवाले अनुगमन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अनुगमनमा प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सडक विभागका अरु पदाधिकारी पनि जाने तयारी छ । अनुगमनको लापग भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मंगलबार नै मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् ।

दुर्घटना बढेको भन्दै संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अहिले यो सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै