सबैखाले आणविक हतियारको विपक्षमा नेपाल, उत्तरको मिसाइल परीक्षणको विरोध

खरीबोट
ad

काठमाडौं । नेपालले गत शुक्रबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले गत शुक्रबार बिहानै जापानको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तरको यस कार्यको विरोध गरेको हो । विज्ञप्तिमा सबैखाले महाविनाशक हतियारको पूर्ण निःशस्त्रीकरण गर्नुपर्ने भन्दै नेपालले पछिल्लो समययता उत्तरबाट हुँदै आएको परीक्षणको विरोध गरिएको छ ।  नेपाल कोरियन पेनिनसुलामा शान्ति र स्थायित्व चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, आणविक हतियारविरुद्ध राष्ट्रसंघको गत जुलाई सम्मेलनले स्वीकार गरेको सन्धिमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । आगामी मंगलबारदेखि न्युयोर्कमा सुरु हुने महासभामा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार

पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन ।  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन

चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ ।  नेपाल–चीन बीचको व्यापार सन्तुलन मिलाउन सरकारले महत्वपूर्ण योजना बनाएर देशलाई समृद्धिको

नेपाललाई ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड

काठमाडौँ / तेत्तीसांँै कोरिया वल्र्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ ।  दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै