सबैखाले आणविक हतियारको विपक्षमा नेपाल, उत्तरको मिसाइल परीक्षणको विरोध

खरीबोट
ad

काठमाडौं । नेपालले गत शुक्रबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले गत शुक्रबार बिहानै जापानको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तरको यस कार्यको विरोध गरेको हो । विज्ञप्तिमा सबैखाले महाविनाशक हतियारको पूर्ण निःशस्त्रीकरण गर्नुपर्ने भन्दै नेपालले पछिल्लो समययता उत्तरबाट हुँदै आएको परीक्षणको विरोध गरिएको छ ।  नेपाल कोरियन पेनिनसुलामा शान्ति र स्थायित्व चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, आणविक हतियारविरुद्ध राष्ट्रसंघको गत जुलाई सम्मेलनले स्वीकार गरेको सन्धिमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । आगामी मंगलबारदेखि न्युयोर्कमा सुरु हुने महासभामा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्  ।  बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका

पत्रकारितालाई मर्यादित बनाउनु पर्नेमा जोड

काठमाडौँ / अब बन्ने कानूनमा पत्रकारितालाई थप मर्यादित बनाउनुपर्ने आवश्यकतामाथि सरोकारवालाले जोड दिएका छन् ।  प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘प्रेस काउन्सिल ऐनको मस्यौदा, गोपनीयताको हकसम्बन्धी कानून र पत्रकार आचारसहिंता’ विषयक अन्तक्र्रियामा

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

बेइजिङ / छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गरेका

काठमाडौँ महानगरका प्रशासकिय अधिकृत कोइराला नेपाल सरकारको सचिवमा बढुवा 

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रशासकिय अधिकृत यादव कोइराला नेपाल सरकारको सचिवमा बढुवा भएका छन् । नेपाल सरकारले असार ४  गते बसेको मन्त्रिपरिषद बैठकले कोइरल लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो