• २०८१ बैशाख ६ बिहीबार

मतदाता परिचय पत्र नभए पनि अन्य परिचय पत्रले मतदान गर्न पाइने 

kharibot

फाइल तस्बिर

काठमाडौँ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार हुने निर्वाचनमा मतदाता परिचय पत्र नभए पनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकता, राहदानी, सवारी चालक प्रमाण पत्र वा अन्य कुनै सरकारी निकायबाट जारी भएको परिचय पत्रबाट मतदान गर्न सक्ने छन् ।

साथै मतदाता नामावली तथा मतदाता परिचय पत्रमा सामान्य त्रुटी पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भुलचुक मानि निजको नागरिकता  प्रमाणपत्रको विवरणलाई मूल आधार मानि मतदान गर्न दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै