• २०८१ बैशाख ८ शनिबार

नेपालद्वारा अन्डर १९ एशिया कप क्रिकेट छनौटको उपाधिमाथि कब्जा

kharibot

काठमाडौँ ।  नेपालले मलेसियामा जारी पूर्वी क्षेत्रको अन्डर १९ एशिया कप क्रिकेट छनौट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिता मात्र जितेन अन्डर १९ एशिया कपमा पनि विजेता हुदै छनौट भएको छ । 

हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । नेपालीको जितमा कप्तान दिपेन्द्रले २२ रन बनाए भने प्रनित थापा र  ओपनर सन्दीप सुनवारले १९,१९ रन बनाएका थिए त्यस्तै अनिल कुमार शाहले १६ रन बनाएका थिए ।

हङकङका बलर करनदीप सिंहले नेपालका तिनै विकेट लिएका थिए भने हंप्रित सिंहले २ विकेट लिएका थिए ।

यसअघि प्रतियोगिताको फाइनल खेलमा नेपालले टस जितेर हङकङलाई ब्याटिंग गर्न बोलाएको खेलमा नेपालले ३२ .१ ओभरमा हङकङलाई अलआउट गर्दै ७६ रनमा समेटेको थियो ।  

हङकङका लागि हर्प्रित सिंहले सर्वाधिक २० रन बनाएका थिए भने जथाभेजले १६ र वकास खानले १५ रन बनाएका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरुले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । यस खेलमा सन्दीप लामिछाने र शाहाब आलमले ३, ३ विकेट लिएका थिए भने अनिल कुमार शाह र कप्तान दिपेन्द्रले एक एक विकेट लिएका थिए । त्यस्तै हङकङका दुई खेलाडी रन आउट भएका थिए ।        

प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट :

यस छनोट प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको छ । उत्कृष्ट खेलाडीको सुचिमा पनि नेपाली खेलाडीहरुकै दबदबा रहेको छ ।

धेरै विकेट लिने बलरको शिर्ष ३ स्थानमै नेपाली बलर रहेका छन् । नेपालका शेर वार्न भनेर चिनिने सन्दिप लामिछाने प्रतियोगितामा १६ विकेट लिएर धेरै विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले पनि प्रतियोगितामा १३ विकेट लिएका छन् । उनि दोस्रो स्थानमा छन् बहने तेस्रो स्थानमा पवन सराफ छन् जसले ८ विकेट लिएका छन् ।

त्यस्तै ब्याटिङतर्फ नेपालका सन्दिप सुनारले प्रतियोगितामा दोस्रो धेरै रन  बनाएका छन् । सुनवारले ५ खेलमा १४० रन बनाए । त्यस्तै अर्का ब्याट्सम्यान अनिल कुमार शाहले प्रतियोगितामा १२५ रन बनाउदै चौथो स्थानमा रहे भने असिफ शेखले १०१ रन बनाउदै पाचौ स्थानाम रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै