• २०८१ बैशाख ७ शुक्रबार

गायिका सेलेना गोमेजले गरिन् किड्नी ट्रान्सप्लान्ट

kharibot

वाशिंटन ।  अमेरिकी गायिका सलेना गोमेजले आफ्नो किड्नी ट्रान्सप्लान्ट गरेकी छन् ।  

गायिका गोमेजलाई उनकी अति मिल्ने साथी चर्चित टिभी स्टार फ्रेंसिया रेसाले किड्नी दिएको खुलासा भएको छ । गोमेजले सामाजिक सञ्जालमा बेडमा रेसासँग रहेको तस्बिर सार्वजनी गरेपछि यसको खुलासा भएको हो । 

सन् २०१५ मा ल्युपस रोगबाट ग्रसित गोमेजले सोहि रोगका कारण किड्नी ट्रान्सप्लान्ट गर्नु परेको हो । यस रोग लागे पछि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र शरीरका मुख्य सेल्सलाई मार्ने गर्दछ ।

गोमेजले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन् –‘ मलाई थाहा छैन मेरा फ्यानहरुले यसलाई कसरी लिन्छन की म आजभोली किन तपाईहरुसँग टाढा छु र कुनै म्युजिक एल्बमको प्रमोशन गरिरहेकी छैन । मैले हालै आफ्नी किड्नी ट्रान्सप्लान्ट गरेकी छु । मलाई मेरी साथी फ्रेंसियाले नयाँ जीवन दिएकी छन् । अब अहिले सुस्त सुस्त रिकभर गर्दै छु ।’

गोमेजले आफ्नी साथी फ्रेंसियाको बारेमा अगाडी लेखेकी छन् –‘मेरी प्यारी साथीले मलाई अनमोल उपहार दिएकी छन् । उनले आफ्नो जीवनको प्रवाह नगरी मलाई एक किड्नी दिएकी छन् । यसका लागि तिमीलाई धेरै धेरै धन्यवाद र कृतज्ञ ।’   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै