• २०८१ बैशाख ८ शनिबार

उपाधि जित्न नेपाललाई हङकङले दियो ७७ रनको लक्ष्य  (लाइभ भिडियो)

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट छनौट खेलको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ ।  

प्रतियोगिताको फाइनल खेलमा नेपालले टस जितेर हङकङलाई ब्याटिंग गर्न बोलाएको खेलमा नेपालले ३२ .१ ओभरमा हङकङलाई अलआउट गर्दै ७६ रनमा समेटेको थियो ।  
हङकङका लागि हर्प्रित सिंहले सर्वाधिक २० रन बनाएका थिए भने जथाभेजले १६ र वकास खानले १५ रन बनाएका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरुले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । यस खेलमा सन्दीप लामिछाने र शाहाब आलमले ३, ३ विकेट लिएका छन् भने अनिल कुमार शाह र कप्तान दिपेन्द्रले एक एक विकेट लिएका छन् । त्यस्तै हङकङका दुई खेलाडी रन आउट भएका थिए । 

नेपालले आफ्नो इनिंग केहीबेरमा सुरु गर्दै छ ।  

नेपाल र हङकङ अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनौट भैसकेका छन् । 

मलेसियामा नै आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता विश्व क्रिकेटका महारथी देश खेल्दै छन् ।  

अपडेट : नेपालले खेल जितिसकेको छ 

नेपालद्वारा अन्डर १९ एशिया कप क्रिकेट छनौटको उपाधिमाथि कब्जा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै