• २०८१ बैशाख १२ बुधबार

आलियाको प्रेमी सिद्धार्थलाई सन्देश ‘लभ इज लभ’

kharibot

मुम्बई । बलिवुडका अहिलेका अत्यन्त व्यस्त अभिनेत्री आलिया भट्टको फिल्मको जति चर्चा हुने गर्दछ त्यति नै उनको प्रेम प्रसंगको पनि अहिले चर्चा भैरहेको छ ।

अभिनेता सिद्धार्थ मलहोत्रासँग ब्रेकप भएको बारे धेरै रिपोर्टहरु आइरहेका छन् ।  बलिवुडमा उनीहरुबीच धेरै असमझदारी बढेको बताइएको छ ।  

सिद्धार्थ मलहोत्राको पछिल्लो समय अर्की अभिनेत्री ज्याक्लिन फर्नानडिससँगको निकटताले आलिया सिद्धार्थ ब्रेकपको अवस्थामा पुगेको बताइएको छ । त्यस्तै आलियाको केहि समय अघि रिलिज भएको फिल्म बद्रीनाथकी दुलाहनियामा बरुण धवनसँग काम गरेको सिद्धार्थलाई मन नपरेकोले पनि दुबैको दुरी बढेको बताइएको छ ।

सोहि समय सिद्धार्थ पनि ज्याक्लिनसँग ए जेन्टलम्यानमा व्यस्त थिए यसै समयमा दुवैबीच निकै लडाई भएको बलिवुडमा चर्चा चलेको छ । यसपछि दुवै फेरीसँगै भएपनि छोटो समयमा नै उनीहरुबीच असमझदारी बढेको बताइएको छ ।

आलियाले सिद्धार्थले आफुलाई ज्याक्लिनसँग लागेर धोका दिएको बुझेको बताइएको छ भने त्यस्तै सिद्धार्थ पनि आलिया आफूसँगको प्रेममा पूर्णरुपमा प्रतिबद्ध नरहेको आशंकामा रहेका छन् ।  

दुबैले आफुहरुको ब्रेकपमा केहि प्रतिक्रिया नदेखाए पनि पछिल्लो पटक आलियाले लभ इज लभ टिसर्ट लगाएर आफ्नो प्रेम सन्देश प्रेमी सिद्धार्थलाई दिएको अनुमान लगाइएको छ । यद्यपि यो सुन्दर जोडीबीचको असमझदारीले बलिवुडको ब्रेकपको सिलसिलालाई भने निरन्तरता दिएको छ ।  

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै